Wednesday, August 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीका मन्त्री भूपेन्द्र राईले सार्वजनिक गरे सय दिने प्रगति विवरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ७, २०८१
in समाचार
0
कोशी प्रदेशमा दुई मन्त्रालय सम्हालिरहेका भूपेन्द्र राईलाई प्रवक्ताको पनि जिम्मेवारी
69
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । आइतबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो एक सय दिने कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

राईले आफू मन्त्री भएपछि नदी तथा खोलाहरूमा रहेका झोलुङ्गे पुलहरू नजिक पक्की पुल निर्माण भई प्रयोगविहीन तथा जीर्ण भएका झोलुङ्गे पुलहरू स्थानान्तरण गर्ने निर्णय भएको बताए ।

यसैगरी विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गरिएको, कोशी रिफ्रेसमेन्ट सेन्टर निर्माणका लागि निजी क्षेत्रलाई दिने गरी लगानी सम्मेलनको आयोजना सोकेसमा राख्ने लगायतका कार्यलाई जोड दिएको बताए ।

मन्त्री राईले सार्वजनिक गरेको प्रगति विवरण यस्तो छ –

मन्त्रीस्तरीय निर्णयबाट भएका नीतिगत सुधार :

जहाँ रुग्ण आयोजना त्यहाँ मन्त्री : मन्त्रालय मातहतका विभिन्न पूर्वाधार विकास कार्यालयहरूबाट सञ्चालन भएका तर अपेक्षित प्रगति हासिल हुन् नसकेका आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन साथै सार्वजनिक सुनुवाइ स्थलगत रूपमा गर्ने २०८१ कार्तिक ८ गतेको निर्णयबाट गरिएको ।

झोलुङ्गे पुल स्थानान्तरण : प्रदेश भित्र विभिन्न नदी तथा खोलाहरूमा रहेका झोलुङ्गे पुलहरू नजिक पक्की पुल निर्माण भई प्रयोग बिहिन तथा जीर्ण भएका झोलुङ्गे पुलहरू स्थानान्तरण गरी आवश्यक स्थानमा निर्माण गर्ने २०८१ कार्तिक ८ गतेको निर्णयबाट गरिएको ।

प्रादेशिक सडक सञ्जाल सुची : प्रदेश सरकारका रणनैतिक सडक सञ्जाल पहिचान र वर्गीकरणका लागि प्रदेश सार्वजनिक सडक ऐन २०७७ को मापदण्ड अनुसार प्रादेशिक सहायक लोक मार्ग अन्तरगत ९६ वटा सडक (३१६३.५८ कि.मि.) र प्रादेशिक मार्ग २८९ वटा ( ५८१५.५० कि.मि.) सडक प्रादेशिक सडक सञ्जाल सुची २०८१ कार्तिक ९ गतेको निर्णयबाट प्रकाशित गरिएको ।

विपद् बाटभएको क्षतिको विवरण सङ्कलन : २०८१ साल असोज १० देखि १२ गते सम्म निरन्तर परेको वर्षाको कारण क्षति भएका सडक, सडक पुल, र झोलुङ्गे पुलमा पुगेको क्षतिको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ, उक्त वर्षाको कारणले कोशी प्रदेशको भौतिक विकासमा करिब चार अर्ब त्रिसट्ठी करोड पचास लाख बराबरको क्षति भएको छ ।

कोशी रिफ्रेसमेन्ट सेन्टरः प्रदेश सरकारको एक महत्त्वपूर्ण आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टर लाई प्रदेश सरकारको बजेटले मात्र सञ्चालन गर्न कठिन हुने भएकोले निजी क्षेत्रलाई हस्तान्तरण गर्न प्रदेश लगानी सम्मेलन २०८१ को आयोजना सोकेशमा राख्ने मन्त्रीपरिषद्को निर्णय बमोजिम २०८१ कार्तिक २९ को निर्णयबाट गरिएको ।

सडक सुरक्षा कार्यक्रम: प्रदेश भित्रका केही महत्त्वपूर्ण सडकहरूमा सडक सुरक्षा कार्यक्रम लागु गर्न सडक पहिचान गरी सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने २०८१ पौष २ गतेको निर्णयबाट गरिएको ।

वार्षिक प्रगति प्रतिवेदन: २०८०/२०८१ मन्त्रालयको वार्षिक प्रगति प्रतिवेदन २०८०/२०८१ प्रकाशनको निर्णय भई प्रकाशनको चरणमा रहेको छ, साथै आ.वा. २०८१.२०८२ को प्रथम त्रैमासिक प्रगति समीक्षा २०८१ कार्तिक १३ गते सम्पन्न भएको ।

बिपद्बाट भएको क्षतिको विवरण सङ्कलन : २०८१ साल असोज १० देखि १२ गते सम्म निरन्तर परेको वर्षाको कारण क्षति भएका सडक, सडक पुल ,र झोलुङ्गे पुल मा पुगेको क्षतिको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ, उक्त वर्षाले कोशी प्रदेशको भौतिक विकासमा करिब चार अर्ब त्रिसट्ठी करोड पचास लाख बराबरको क्षति भएको छ ।

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण : मन्त्रालयको मौजुदा सङ्गठन संरचना तथा दरबन्दीमा वर्तमान आवश्यकता र औचित्यको आधारमा पुनरावलोकन वा हेरफेर गर्नको लागी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय भई कार्यान्वयनको चरणमा रहेको ।

आन्तरिक नियन्त्रण प्रणाली : मन्त्रालय र मातहतका कार्यालयबाट सेवा प्रवाहलाई र कार्य सम्पादनमा कानुनको पालना गर्न, दक्षता, प्रभावकारिता र जबाफदेहिता अभिवृद्धि गर्न आन्तरिक नियन्त्रण प्रणाली तयार गरी मिति २०८१ असोज २ गतेको निर्णयबाट लागु गरिएको ।

महत्त्वपूर्ण उपलब्धिहरू :

म मन्त्री पदमा नियुक्त भई पदभार सम्हालेको २४ दिनमा पत्रकार सम्मेलन मार्फत मन्त्रालयको यथार्थ अवस्थाको सार्वजनिक गरिएको ।

रुग्ण आयोजनाको स्थलगत अनुगमन तथा मूल्याङ्कन गर्ने निर्णय भएको २ दिन पछि २०८१ कार्तिक १० गते नै महेन्द्र नगरको बाङ्गेबाट हल्दिया काला बन्जर तीन कुने भलुवा चौँरी हुँदै धरान जाने सडक सुनसरी र धरान १५ नीरज बस्ती हुँदै हल्दिया पेलपुर ढाडे कन्या पोखरी सडक धरान उपमहानगरपालिका १, ४, ५, सुनसरी सडकको स्थलगत अनुगमन र निर्णय भई हाल दुवै सडक कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।

यस्तै, तेस्रो दिन २०८१ कार्तिक ११ गते प्रदेश सरकारको गौरवको आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टरको स्थलगत अनुगमन गरी प्रदेश सरकार लगानी सम्मेलन २०८१ मा आयोजना सोकेसमा राख्ने निर्णय समेत भई सकेको ।

प्रदेश सरकारको सबै भन्दा लामो सडक पुल खोटाङ जिल्ला जन्तेढुंगा १ देबिस्थान स्थित बुवाखोला पक्की पुलको २०८१ कार्तिक ६ गते शिलान्यास गर्ने कार्य सम्पन्न भई हाल प्रारम्भिक चरणको ढलान कार्य सम्पन्न भएको ।

साँघुधारा बिहीबारे हुँदै माङहिम कृषि सडक स्तरोन्नति ताप्लेजुङ सडकको स्थलगत अनुगमन तथा सार्वजनिक सुनुवाइ २०८१ मङ्सिर २७ गते गरी विवादको निराकरण गरिएको । त्यस्तै ५० बेडको ताप्लेजुङ जिल्ला हस्पिटल स्थलगत अनुगमन गरी २०८१ मङ्सिर २७ गते सार्वजनिक सुनुवाइ गरिएको ।

प्राकृतिक प्रकोप २०८१ असोज १० देखि १२ गते सम्म अविरल परेको वर्षाले पुर्‍याएको क्षति झापाको बिरिंङ खोला पक्की पुल, पाँचथरको हेवा खोला र फेमे खोला पक्की पुल, खोटाङ र उदयपुर जोड्ने दुधकोशी फोक्सिंङटार पक्की पुल, धाप्लांगघाट, बन्सिलाघाट लगायतका स्थानमा स्थलगत अनुगमन गरिएको ।

म मन्त्री भएको १०० औँ दिन २०८१ पौष ६ गते खोटाङको रसुवा घाट देखि सिम्पानी हुँदै पान्धारे कालोपत्रे सडक निर्माण कार्य शुभारम्भ गरिएको ।

कानुनी रूपमा सुधार

प्रदेश भवन ऐन २०७६ लाई संशोधन :

प्रदेश भवन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को प्रारम्भिक संशोधन मस्यौदा र प्रदेश भवन ऐन २०७६ को तीन तले विवरण तयार गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रायका लागि २०८१ मङ्सिर १६ गते पेस भएको ।

Tags: प्रगति विवरणभूपेन्द्र राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप
खेलकुद

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीको जैविक मार्गभन्दा बस्ती संरक्षण प्राथमिकतामा राख्न माग

भदौ ९, २०८३
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.