मोरङ : मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त भएका छन् ।
उनलाई कोशी प्रदेशका मुख्यमन्त्री एवं सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
शपथ ग्रहण समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयका पदाधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
कोशी प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले दुहवी नगरपालिका–५ का पोखरेललाई पुनः चार वर्षका लागि उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।














Discussion about this post