विराटनगर : विराटनगरमा सुन गोहोरोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १३ स्थित कोशी राजमार्गबाट ६ वटा सुन गोहोरोसहित दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सुनसरीको बर्जु गाउँपालिका १ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन्।
सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई सुन गोहोरोसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाइएको छ।













Discussion about this post