इटहरी : नेपालमा गएको भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतस्थित सिगात्से रहेको पुष्टि भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार (आज)बिहान चीनको तिब्बतस्थित सिगात्से केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको हो ।
बिहान ६ः५० बजे पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पका कारण क्षतिको विवरणसमेत खुलिसकेको छैन ।
पछिल्लो एक महिनामै नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का गइरहेको छ ।
यसअघि नेपालमा २०७२ बैशाख १२ गते ठूलो भूकम्प गएको थियो । जसमा हजारौँ नागरिक घरबारविहीन भएका थिए ।














Discussion about this post