इटहरी : पूर्वी नेपालमा भूकम्पको धक्का गएको छ ।
आज (मंगलबार)बिहान ६ः५० बजे पूर्वी नेपालमा भूकम्पको धक्का गएको हो ।
७.१ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । चीनको तिब्बतस्थित सिगात्से केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको प्रारम्भिक अध्ययनबाट खुलेको छ । यद्यपि, यसबारे थप अध्ययन भइरहेको छ ।
पूर्वी नेपालसहित राजधानीमासमेत भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । भूकम्पका कारण क्षतिको विवरणसमेत खुलिसकेको छैन ।
पछिल्लो एक महिनामै नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का गइरहेको छ । यसअघि नेपालमा २०७२ बैशाख १२ गते ठूलो भूकम्प गएको थियो । जसमा हजारौँ नागरिक घरबारविहीन भएका थिए ।














Discussion about this post