विराटनगर : मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय मोरङको पथरीशनिश्चरे नगरपालिका १० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय रोशन बिकलाई निषेधित औषधी ट्रमाडोल ३४० चक्की र स्पासपेन ३८० चक्कीसहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरी चौकी तरहरा सुनसरीले इटहरी उपमहानगरपालिका २० का २१ वर्षीय मनिष खड्का र ३२ वर्षीय दिपेन थापा मगरलाई ट्रामाडोल र स्पासमो ८० चक्कीसहित नियन्त्रणमा लिएको छ ।
यस्तै, अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ८ का १९ वर्षीय अभिषेक मंग्रान्तीलाई ट्रामाडोल एक सय क्याप्सुल, प्रतिबन्धित औषधी स्पासपेन २० चक्की र स्पासमो ३० चक्कीसहित नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post