झापा : झापाको काँकडभिट्टाबाट गैंडाको खागजस्तो देखिने वस्तु र लागूऔषाधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका– ६ काँकडभिट्टामा रहेको हिमालय गेस्ट हाउसबाट प्रहरीले एउटा गैंडाको खागजस्तो देखिने वस्तु र लागूऔषाधसहित भारतको वेष्ट बङगालको उत्तर मेन्दाबारीका नारायण रामधामलाई पनि पक्राउ गरेको हो ।
लागूऔषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी होटलमा पुगेको थियो ।
प्रहरीले उनी बसेको कोठाबाट लागूऔषध खैरो हिरोइन, पेभान स्पेस प्लस लेखिएको औषधि र गैंडाको खागजस्तो देखिने वस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्टुनभित्र राखेको अवस्थामा भेटिएको खागजस्तो वस्तुको सतहको गोलाइ १८.६ ईन्च, उचाई ८.६ इन्ज र तौल १ केजी ७०० ग्राम छ ।
गैंडाको खाग हो होइन भन्ने विषय परीक्षण पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । यसैगरी ३ ग्राम ७६० मिलिग्राम र प्लाष्टिक बाहिर २ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन पनि बरामद गरिएको छ ।
पेभन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, लागूऔषध जोख्नका लागि प्रयोग हुने एउटा डिजिटल तराजु र दुई वटा मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रामधामलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टमा राखेर थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।














Discussion about this post