इटहरी । नेपाली काँग्रेसका उप—सभापति विजयकुमार गच्छदारलाई सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही हिसाबले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै नेवि संघ सुनसरीले इटहरीमा राँके जुलुस प्रदर्शन गरेको छ ।
ललिता निवास प्रकरणमा जोड्दै गच्छदारलाई अख्तियारले मुद्दा चलाएपछि रुष्ट बनेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृ संगठन यतिबेला दिनहुँ सडक आन्दोलनमा रहेका बेला नेवि संघ सुनसरीले इटहरीमा बृहत राँके जुलुस प्रर्दशन गर्दै अख्तियारलाई मुद्दा फिर्ता लिन दबाब दिएको हो ।
नेविसंघ सुनसरीका सभापति मन्दीप भट्टराईको नेतृत्वमा ठुलो संख्यामा नेवि संघका नेता कार्यकर्ताहरुले अख्तियार र सरकार बिरुद्ध नाराबाजी गरेका थिए । सभापति भट्टराईका अनुसार अख्तियारले सरकारी जग्गा व्व्यक्तिका नाममा नामसारी गर्ने निर्णयको नेतृत्व गर्ने तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गाको स्वामित्व आफ्नो नाममा लिने नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई जोगाएको आरोप छ ।
Discussion about this post