झापा : झापाको मेचीनगर नगरपालिका ६ र भद्रपुर नगरपालिका ३ स्थितबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीन् जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मेचीनगर ६ स्थित मेचीपुलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
झापा अर्जुनधारा नगरपालिका ८ का ३५ वर्षीय अर्जुन श्रेष्ठ र भारत वेष्ट बंगाल दार्जिलिङका ३० वर्षीय मो. अनवर हुसेनलाई ६ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर र नेपाली २० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।
उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा भद्रपुर नगरपालिका ३ की ४५ वर्षीया दोमासी राजवंशीले घरमा ब्राउनसुगर लुकाई राखेको भन्ने खुलेपछि राजवंशीको घर खानतलासी गर्ने क्रममा २०१ ग्राम १९० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post