मोरङ : मोरङमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका ८ भृकुटी टोलका ७३ वर्षीय हरिप्रसाद घिमिरे रहेका छन् ।
शुक्रबार राति घरबाट निस्किएको अवस्थामा नजिकै रहेको जंगलबाट आएको हात्तीले उनलाई आक्रमण गरेको थियो ।
आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय मोरङ, झापालगायतका जिल्लामा जंगली हात्तीले आक्रमण गर्दै आएका घटनामा वृद्धि भएका छन् ।












Discussion about this post