धरान : धरान उपमहानगरपालिका ११ स्थितमा ट्रकको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।
प्रदेश १-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ पैदलयात्री स्थानीय ८६ वर्षीय वीरबहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सवारी साधन र चालक धरान ८ का ४८ वर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।














Discussion about this post