मोरङ : मोरङको लेटाङ नगरपालिका ९ स्थित हरियाली सामुदायिक वनबाट काट्दै गरेको हरिणको मासुसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय कुमार राई रहेका छन् ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जाँते र इलाका वन कार्यालय मंगलबारेबाट खटिएको टोलीले राईलाई हरिणको मासु काट्दै गरेको अवस्थामा वनमा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post