इटहरी : इटहरी उपमहानगरपालिका १ बाट लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरी र सामुदायीक प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २७ वर्षीय दुर्गेश चौधरीलाई ७५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।













Discussion about this post