इटहरी : प्रहरीले झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका ३ का २२ वर्षीय सुरेन्द्र राईलाई १ ग्राम १३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले मंगलबार धरान उपमहानगरपालिका ६ पानमारा जंगलस्थित सेउती पुल नजिक गाँजा बरामद गरेको छ ।
प्रहरीका अनुसार बा १५ च ७६३३ नम्बरको गाडीमा चार सय १० किलो गाँजा बरामद गरेको छ ।
दुवै विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













Discussion about this post