झापा : झापाका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हल्दीबारी गाउँपालिका ३ स्थितमा प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले लागूऔषध बेचबिखन तथा ओसारपसारमा संलग्न रहेका हल्दीबारी २ का २२ वर्षीय आशिष हेमरन, २३ वर्षीय रवी महतो, ३१ वर्षीय सुजन राईलाई ब्राउन सुगर ४८० मिलिग्राम र बा ४७ प ९८१४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक नगरपालिका ६ बाट इलाम चुलाचुली घर भइ दमक ५ बस्दै आएका २५ वर्षीय रोहित राई र दमक ७ का ३० वर्षीय राजेश राईलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा एक ५० चक्की र दमक ८ का २५ वर्षीय प्रतीक श्रेष्ठलाई ट्रामाडोल, स्पास्मो र स्पास्पेन गरी जम्मा २२० चक्कीसहित सोही स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post