Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरको विकासमा अहोरात्र खटिँदा पनि जस नपाएको मेयरको गुनासो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २९, २०८१
in समाचार
0
विराटनगरको विकासमा अहोरात्र खटिँदा पनि जस नपाएको मेयरको गुनासो
86
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो कार्यकालमा सुरू गरेका एक दर्जनभन्दा बढी ठूला बहुवर्षीय योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताएका छन् ।

सीमित स्रोत र साधनको बाबजुत महानगरवासीको असीमित चाहना पूरा गर्न लागिपरेको उनको भनाइ थियो । कोइरालाले विराटनगरको विकासमा अहोरात्र खटिँदासमेत महानगरवासीले जस नदिने गरेको गुनासोसमेत गरे ।

विराटनगर महानगरपालिकाको समन्वयमा मकालु टेलिभिजनले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले भौतिक संरचनाको विकासले गति लिएको दाबी गरे ।

उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरेसहित कार्यपालिका सदस्यसमेतको उपस्थितिमा भएको कार्यक्रममा महानगरवासीले उठाएका जिज्ञासाको जवाफ दिइएको थियो ।

वडाका विषयमा उठेका प्रश्नको जवाफ भने सम्बन्धित वडाका अध्यक्षले दिएका थिए ।

मेयर कोइरालाले बहुवर्षीय योजनाअन्तर्गत १७ करोड १३ लाख रुपैयाँको लागतमा विराटनगरलाई जन्मथलो र कर्मथलो बनाएका सातजना प्रधानमन्त्रीको शालिकसहित निर्माण भइरहेको प्रधानमन्त्री पार्कको काम हालसम्म ६५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए ।

त्यस्तै ३ करोड ९८ लाख रुपैयाँको लागतमा विराटनगर–२ मा सन्ध्याकालीन आरतीस्थलको निर्माण ८० प्रतिशत, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको सुविधासम्पन्न प्रशासनिक भवन ५० प्रतिशत, विराटनगर–१४ मा बहुवर्षीय योजनाअन्तन्तर्गत ६ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको रानीपोखरीसहित हरियाली पार्कको काम ७० प्रतिशत, ७ करोड ३७ लाख रुपैयाँको लागतमा विराटनगर–१४ मै निर्माण भइरहेको मण्ठापोखरीको पनि काम ६५ प्रतिशत सम्पन्न भइसकेको मेयर कोइरालाको भनाइ थियो ।

उनका अनुसार १ करोड ३२ लाख रुपैयाँको लागतमा जीर्णाेद्वार भइरहेको पुष्पलाल चोक सडकको पनि ८० प्रतिशत काम सकिएको छ ।

विराटनगर–२ स्थित त्रिभुज मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । जसको निर्माण लागत ३ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

डुबान नियन्त्रण गर्ने अभियानअन्तर्गत वडा नम्बर ३ स्थित प्रतीक मार्ग, मानगढ मार्ग, आस्थामार्ग, फिफा मार्ग, मितेरी मार्ग, त्रिमार्गमा कभरसहित आरसीसी नाला, रिटेरिङवाल तथा कालोपत्रे निर्माण कार्य ४० प्रतिशत सम्पन्न भइसकेको छ । जसको लागत ४ करोड रुपैयाँ रहेको छ ।

५ करोड ३८ लाख रुपैयाँको लागतमा विराटनगर वडा नम्बर ५ र ६ को शान्तिचोकदेखि विएफएम हुँदै केशलिया रोडसम्म नाला, कल्भर्ट, नालामा स्ल्याबसहित कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको मेयर कोइरालाले बताए ।

राजवंशी चोक पश्चिम वडा नम्बर ४ को पुलचोकदेखि नोवेलसम्म र केशलिया रोडदेखि ११ र १२ वडा नम्बर हुँदै जोगबनी–विराटनगर सडकअन्तर्गत पूर्वाञ्चल बालआश्रम दक्षिणसम्मको करिब ५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य ५० प्रतिशत सम्पन्न भइसकेको छ ।

३ करोड ८२ लाख रुपैयाँ निर्माण भइरहेको सो सडक यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेछ । विराटनगर वडा नम्बर १३ को विराटनगर आँखा अस्पताल अगाडिको सडकमा नालाको काम ९५ प्रतिशत सकिएको छ । अब स्ल्याब र कालोपत्रे गर्न मात्रै बाँकी रहेको छ ।

६ करोडभन्दा बढीको बहुवर्षीय योजनाअन्तर्गत विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि दक्षिण हुँदै स्वागत चोक पश्चिमको नाला र कल्भर्ट निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको मेयर कोइरालाले बताए ।

बहुवर्षीय योजनाअन्तर्गतको १२ करोड लागत रहेको महानगर बहुप्राविधिक शिक्षालयको भवन निर्माणको काम पनि ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।

बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन भइरहेका सबै ठूलो परियोजनाहरु चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी तीव्र रूपमा काम भइरहेको मेयर कोइरालाले बताए ।

मेयर कोइरालाले १० वर्षमा हुन नसकेको विकास निर्माणको काम एक वर्षको अवधिमा भएको दाबी गरे । मेयर कोइरालाले समग्र विराटनगर महानगरपालिका क्षेत्रको विकास निर्माणको काम भइरहेको बताए ।

विराटनगरको वडा नं. ४ र ५ को सिमानामा पर्ने जामुनगाछी सडक मार्गको काम संघीय सरकारले गरिरहेको भए पनि विराटनगर महानगरपालिकाको निरन्तर समन्वय र दबाबका कारण द्रुत गतिमा निर्माणको काम भइरहेको उनको दाबी थियो ।

मेयर कोइरालाले १० वर्षको अवधिमा अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गतको जामुनगाछी सडक मार्ग विराटनगर महानगरपालिकाकै समन्वय र दबाबका कारण काम भइरहेको बताउँदै मेयर कोइरालाले आगामी जेठभित्र कालोपत्रे हुने उल्लेख गरे ।

मेयर कोइरालाले भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य, सामाजिक, पार्किङ, ट्राफिक व्यवस्थापनलगायतका विषयमा उठेका जिज्ञासाको उत्तर दिएका थिए ।

Tags: #विराटनगरनागेश कोइरालाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन
FEATURE BREAKING

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।...

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती
FEATURE BREAKING

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यु प्रभावकारी हुन नसक्दा सुरक्षा निकायमाथि ठूलो चुनौती थपिएको छ। कर्फ्यु...

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

साउन ११, २०८३
लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

साउन ११, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

साउन ११, २०८३
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

साउन ११, २०८३
काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

साउन ११, २०८३
लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

साउन ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.