झापा : झापा गाउँपालिका ५ स्थितमा प्रहरी चौकी शरणामतीबाट खटिएको गस्ती टोलीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा मे ३ प २०६६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका झापा गाउँपालिका ५ का २५ वर्षीय तोफिजुल अली र २० वर्षीय चान महमदलाई ३७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post