इटहरी : सुनसरीको विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी गाउँपालिका १ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले को २० प ७४४६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका इटहरी उपमहानगरपालिका ४ का २७ वर्षीय सुरजकुमार ठाकुरलाई ८ ग्राम ५ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
धरान उपनगरपालिका ३ का ३१ वर्षीय कमल सहनीलाई २ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यसैगरी प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका ११ स्थितबाट भोक्राहा नरसिंह गाउँपालिका १ का २० वर्षीय ईव्रान मन्सुरीलाई १ सय ५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post