इलाम : इलामको रोङ गाउँपालिका ३, हाँसपोखरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
झापाबाट प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकलमा फाजीगाउँ फर्किंदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका ६, फाजीगाउँका ४० वर्षीय दीर्घराज राई र उनका ७० वर्षीय बुबा पवनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
टिपर चालक इलामको माई जोगमाई गाउँपालिका २ का ३० वर्षीय खगेन्द्र थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post