पाँचथर : पाँचथरमा विद्यार्थी बोक्ने गाडी दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएके छ ।
हिलिहाङ गाउँपालिका–१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्याएर अमरपुर बजार फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका हिलिहाङ–१ का ३५ वर्षीय हेमराज योगीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा हिलिहाङ–१ का २६ वर्षीय बिनोद तामाङ र २० वर्षीय मनिष लिङ्देन घाइते भएका छन् । बोलेरो चालक १९ वर्षीय समीर खातीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post