सुनसरी : नेकपा एमाले निकट खेलकुद महासङ्घ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसीस, लायन्स क्लब लगायत सङ्घसंस्थाको नेतृत्व तहमा रहिसकेका छन् ।
जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा कार्कीसहितका नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।
यसैगरी पार्टी प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरूमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीव चौधरी, एमाले गढी गाउँपालिका ६ का इन्चार्ज चितनारायन खेरवारलगायत रहेका छन् ।
Discussion about this post