झापा : झापामा हात्तीको आक्रमणबाट एक वृद्धको निधन भएको छ । जिल्लाको हल्दिबारीमा जंगलीमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका ४ निवासी ७६ वर्षीय वृद्ध भीमप्रसाद भट्टराई रहेका छन् ।
उनी आज बिहान १० बजे चौकीविरान सामुदायिक वनमा प्रवेश गरेका थिए । हात्तीको आक्रमणबाट मृत्यु भएका उनको शव अपराह्न ४ बजे फेला परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post