Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

खेलाडीबाट दलका नेता कार्यकर्ताले अनुशासन सिक्नुपर्छ : शेखर कोइराला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २०, २०८१
in खेलकुद, समाचार
0
खेलाडीबाट दलका नेता कार्यकर्ताले अनुशासन सिक्नुपर्छ : शेखर कोइराला
84
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले खेलाडीबाट राजनैतिक दलका नेता कार्यकर्ताले अनुशासन सिक्नु आवश्यक रहेको बताएका छन् ।

विराट गोल्डकपको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दैै नेता कोइरालाले राजनीतिमा अनुशासनहीनता बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले दलका नेता तथा कार्यकर्ताले खेलाडीबाट अनुशासन सिक्नुपर्नेमा जोड दिए ।

‘अहिले जुनसुकै पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको छ,’ संघीय सांसदसमेत रहेका कोइरालाले भने, ‘अनुशासन कस्तो हुनुपर्छ ? अनुशासनमा बसेर मेहनत गर्दा कस्तो सफलता प्राप्त हुन्छ भन्ने कुरा नेता कार्यकर्ताहरुले खेलाडीबाट सिक्नुपर्दछ ।’

नेता कोइरालाले राज्यले खेलकुद क्षेत्रमा गर्दै आएको लगानी बढाउनुपर्नेमा जोड दिए । खेलकुदमा लगानी बढाएर विद्यालयस्तरदेखि नै विभिन्न खेलकुद गर्ने हो भने स्वास्थ्य क्षेत्रमा हुनै आएको खर्च घट्ने उनको दाबी थियो ।

‘जीवनशैली र खानपानका कारण अनि नियमित व्यायामको अभावले गर्दा अहिले मानिसमा अनेकौं किसिमका रोगहरू लाग्दै गएको छ । रोग लागेपछि उपचार गर्नै प¥यो । उपचार गर्दा लाखौं खर्च हुन्छ,’ नेता कोइरालाले थपे, ‘यदि खेलकुदमा लगानी बढाएर खेलकुदका गतिविधि बढाउन सकियो भने मान्छे स्वस्थ हुन्छन् । जसबाट स्वास्थ्य उपचारमा हुँदै आएको खर्च घट्छ । अझ उपचारका नाममा कडोरौं रुपैयाँ हरेक वर्ष विदेशिने गरेको छ । त्यो पनि रोकिन्छ ।’

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वास्थ्यका लागि मात्रै होइन आपसी सम्बन्ध र भाइचाराका लागि पनि खेलकुद अति आवश्यक रहेको औंल्याए । खेलकुदले देशको नामलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन मद्दत गर्ने उनको भनाइ थियो ।

‘हाम्रा थुप्रै खेलाडीहरूले अन्तर्राष्ट्रिय पदक प्राप्त गरी देशको नामलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याएका छन् । खेलकुदका माध्यमबाट आर्थिक र आणविक रुपमा जस्तोसुकै शक्तिशाली र धनी मुलुकलाई पनि परास्त गर्न सकिन्छ,’ उनले भने ।

मेयर कोइरालाले धर्म र राजनीतिले विभाजित मन र मस्तिष्कलाई खेलकुदले जोड्ने बताए । राष्ट्रको नाम र प्रतिष्ठाका लागि खेल्ने खेलाडीहरुले राज्यबाट भने जति सम्मान पाउन नसकेको उनको गुनासो थियो ।

खेलकुदलाई पर्यटनसित जोडेर आर्थिक उपार्जनमा लाग्नुपर्नेमा समेत उनले जोड दिए ।

कार्यक्रममा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, आयोजक समितिका संयोजक नवीन रिजाल, प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्द्या कार्कीलगायतले खेलकुदका माध्यमबाट देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्ने धारणा राखे ।

रमपम चाउचाउले मुख्य प्रायोजन गरेको प्रतियोगितामा नेपाल र भारतका १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता यही फागुन २८ गते सम्पन्न हुनेछ ।

Tags: #खेलकुदशेखर कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक
विविध

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : कोशी प्रदेशमा पाँच वर्षमुनिका बालबालिकामा देखिएको शीघ्र कुपोषणको अवस्थाले भौगोलिक रूपमा मात्र नभई तराईदेखि पहाडसम्मै बाल पोषणको चुनौती...

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त
समाचार

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : गुरुकुल मिडिया प्रालिद्वारा सञ्चालित टाकुरा न्यूजले आफ्नो समाचार तथा साहित्यिक सामग्रीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले...

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

भदौ १६, २०८३
संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३
कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.