मोरङ : विराटनगर १५ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार अररियाका २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर १७ का १९ वर्षीय साइनम गुरुङ र लेटाङ नगरपालिका ३ का ४० वर्षीय नवीन तामाङ रहेका छन् ।
उनीहरूलाई चेकजाँच गर्दा ४० ग्राम १४ मिलिग्राम ब्राउनसुगर फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीन जनामाथि नै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post