इटहरी : सुनसरी र मोरङको विभिन्न स्थानहरूबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको उर्लाबारी नगरपालिका ७ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको भद्रपुर नगरपालिका ४ का ४५ वर्षीय सन्तोष श्रेष्ठको साथबाट ३ ग्राम ६५० मिलिग्राम खैरो हिरोहिनसहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका १२ का ५१ वर्षीय विजय कुमार पौडेलाई ४५० ग्राम गाँजासहित पक्राउ परेको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post