उदयपुर : उदयपुरको त्रियुगा नगरपालकिा ९ मा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मदन भण्डारी राजमार्गको चुहाडे–गाइघाट खण्डको मथाने टोलस्थित प्रदेश १–०५–००१ ह ०३१० न को अटोले बाटो काट्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका ७ का २६ बर्षीय अजय लिम्बू रहेका छन् ।
घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो चालक त्रियुगा नगरपालिका ७ बस्ने ३८ वर्षीय भुसेलाल दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
Discussion about this post