विराटनगर : थ्री स्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको ।
विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्री स्टार फाइनलमा पुगेको हो ।
जितको लागि थ्री स्टारका प्रशान्त लिम्बू दिपेश घले र नवीन लामाले समान १–१ गोल गरे ।
थ्री स्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले जाली चुमाए ।
दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो । आशिष चापागाईँले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरि अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१ औं मिनेट भयो । नवीन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १ –१ गोल फर्काए । नवयुगले खेलको ८३ आँै मिनेटमा गोल गरे । दोस्रो गोल पेलान्टी सुटआउट बाट आर्मीका निरज चौधरीले गरे ।
आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्री स्टारका खेलाडीले ‘फल’ खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।
जितसँगै उपाधिको लागि थ्री स्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो हाफमा २–० गोलले पछि परेपछि आर्मी दबाबमा पर्यो । पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो ।
खेल बराबरीमा ल्याउन निकै संघर्ष ग¥यो । तर, सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किएपनि आर्मीले पाएको अवसर खेर फाल्दा सेमिफाइलनबाट घर फर्किन बाध्य भयो ।
केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेल अवधिभरीमा आर्मी एक दर्जन प्रहार विफल भएको थियो । आर्मीको कप्तान नवयुग श्रेष्ठको आधा दर्जन प्रहारमा थ्रीस्टारका डिफेन्डर र गोलकिपर बाधक बनेका थिए ।
आर्मीका फत्तेमान घलेले २२ औं मिनेटमा गरेको प्रहार बारमाथिबाट बाहिरियो । २८ मिनेटमा आर्मीका कप्तान नवयुक श्रेष्ठले गरेको कडा प्रहार थ्रीस्टारका गोल रक्षक विवेक मगर बाधक बने ।
कप्तान श्रेष्ठले गरेको बारम्बारको कडा प्रहार थ्री स्टारका गोल किपर मगरले विफल पारिदिए । प्रतियोगिताको म्यान अफ दि म्याच थ्री स्टारका प्रशान्त लाक्सान लिम्बु घोषित भए । उनले नगद ११ हजार पाए ।













Discussion about this post