विराटनगर : दुई पल्टको च्याम्पियन थ्री स्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।
थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्री स्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो ।
नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले गोल गरे । थ्री स्टारले दोस्रो गोल ६३ औ मिनेटमा ग¥यो ।
दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो ।
फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल टिमलाई उपाधि दिलाउन सफल भए ।
उपाधिसँगै थ्री स्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो ।
थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्री स्टारले उपाधि हात पारेको थियो ।
चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो । तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइजले बलियो चुनौती पेस गर्न सकेनन् ।
प्रतियोगिताको म्यान अफ दि म्याच चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकी घोषत भए । उनले नगद ११ हजार पाए । विधागत पुरस्कारमा थ्री स्टारको वर्चश्व कायम भयो । उत्कृष्ट प्रशिक्षकमा थ्री स्टारका गणेश खड्का घोषित भए ।
त्यसैगरी उत्कृष्ट गोलरक्षक थ्री स्टारका विवेक मगर, सर्वाधिक गोलकर्ता थ्री स्टारका दिपेश घले घोषित भए । प्रतियोगिताभरीमा उनले २ गोल गरेका थिए ।
उनीहरूले जनही नगद १५ हजार पाए । बेस्ट प्लेर अफ टुर्नामेन्ट थ्री स्टारका खेमराज श्रेष्ठ घोषित भए । उनले नगद ५१ हजार पाए ।
थ्री स्टारले मच्छिन्द्र र त्रिभुवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको थियो । थ्री स्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो ।
यस्तै, विराट गोल्डकपको पहिलोपटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।
फागुन १९ गतेबाट सुरू भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो ।
विजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराट गोल्डकपका संयोजक नवीन रिजालगायतले पुरस्कार वितरण गरे ।
Discussion about this post