इटहरी : सुनसरी, मोरङ र झापाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका ५ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २३ प ४१ नम्बरको स्कुटरमा सवार व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार धरान उपमहानगरपालिका ८ का २३ वर्षीय कुविर राई र २१ वर्षीय समीर राईलाई २ ग्राम ७९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
त्यसैगरी धरान उपमहानगरपालिका १३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ वर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ छ ।
उता, झापाको कनकाई नगरपालिका ४ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाले स्थानीय ३३ वर्षीय ईन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरीलाई ८ किलो ४० ग्राम लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका पाँचैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post