इटहरी : इटहरीमा मादक पदार्थ सेवन (मापसे)गरी मोटरसाइकल चलाउँदा मध्येरातमा दुर्घटना भएको छ ।
इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर रातको १२ः४५ बजेतिर दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुनम चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उनको आज (शनिबार) बिहान ५ः१५ बजेतिर विराट नर्सिङ होममा मृत्यु भएको हो ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार उदयपुरको कटारी नगरपालिका–२ की २८ वर्षीया उमा सुनुवार घाइते भएकी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
Discussion about this post