इटहरी : सुनसरी र झापाको विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका १४ स्थितमा अस्थायी प्रहरी चौकी पत्रङबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान ४ का ४५ वर्षीय सञ्जीव थापालाई लागूऔषध ट्रामाडोल १२५ ट्याब्लेट र स्पास्पेन १२५ चक्कीसहित पक्राउ गरेको छ ।
त्यसैगरी झापा दमक नगरपालिका ४ स्थितमा अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरी टोलिले झापा दमक ९ का ३५ वर्षीय शिवकुमार सोरेनलाई स्पाईसपेन २० क्यापसुल लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post