विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका ३ स्थित कोशी लोकमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर पञ्चावती ४ घर भइ मोरङको बूढीगंगा २ स्थितमा बस्दै आएका २४ वर्षीय आशिष राई रहेका छन् ।
शनिबार राति पौने ११ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को १ च ४७७४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका राईको विराट टिचिङ अस्पताल गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post