Thursday, June 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाँदर र पानीको समस्याले बस्ती नै खण्डहरमा परिणत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ४, २०८१
in समाचार
0
बाँदर र पानीको समस्याले बस्ती नै खण्डहरमा परिणत
87
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ ।

रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् ।

डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताए ।

मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको उनले बताए । साबिकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उनले बताए ।

अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ घरमध्ये तीन घर, दमाईछाँपमा ८० घरमध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घरमात्र रहेको उनले बताए ।

त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले बताए ।

‘स्थानीयले गाउँ छाड्दा मानेभञ्याङका धेरै बस्ती खण्डहर बनेको अवस्था छ’, शिक्षक पराजुलीले भने, ‘मुख्य रूपमा बाँदर र पिउने पानीको समस्याका कारण मानिस अन्यत्र गइरहेका छन् । बाक्लो मानव बस्ती रहेका धेरैवटा गाउँ खण्डहर बनेका छन् ।’

विगतमा आफूले अध्यापन गराइरहेको भानुभक्त प्राथमिक विद्यालयमा तीन सयका हारहारीमा विद्यार्थी हुने गरेको भए पनि अहिले ५० जना मात्र रहेको उनले बताए ।

‘गाउँघरमा सडक बिजुलीलगायत विकासको क्षेत्रमा काम भइरहेको छ’, उनले भने, ‘मानिस बस्ती छाडेर अन्यत्र गइरहेका छन् । तल्लो भेगका मानिसले बस्ती छाडिदिँदा माथिल्लो भेगमा बाँदरले दुःख दिन थालेको अवस्था छ । यसरी नै बाँदरको उप्रदो बढ्ने हो भने पूरै गाउँ खाली हुने अवस्था छ । राज्यले किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणमा ध्यान दिन आवश्यक छ ।’

बाँदरको समस्याले किसानलाई हैरान बनाएको अर्चलेका स्थानीयवासी जगतकुमार तामाङले बताए । खाली रहेको बस्तीको एक घरमा अहिले ठेक्कामा बस्दै आएको उनले बताए ।

अर्चलेमा आफूसहित अहिले दुई घर मात्र रहेको उनको भनाइ छ । बाहिर गएकाहरूले घरजग्गा बिक्री नगरी त्यत्तिकै छाडिएकाले संरक्षण अभावमा ती घर पनि भत्किन थालेको उनको भनाइ छ ।

‘म पनि यहाँ अर्काको घरमा ठेक्का बसेको छु’, उनले भने, ‘यहाँका सबै घर बिक्री नगरी त्यत्तिकै छाडिदिँदा भत्किएर खण्डहर बनेका छन् । मानिस बस्ती छाडेर हिँड्दा उर्वरभूमि बाँझिएको छ । यहाँका जम्मा ३५ घरमा अहिले दुई घरमात्र छौँ ।’

सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको उनको भनाइ छ । बस्ती खाली भएको कारण बाँदरले झनै दुःख दिने गरेको उनले बताए ।

सबैले बस्ती छाडेका कारण विद्युत् विस्तार हुने नसकेको उनको भनाइ छ । स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको छ ।

राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याएको खण्डमा यस्ता धेरै बस्ती खण्डहर बन्ने अवस्था रहेको तामाङले बताए ।

बाँदरका कारण नै धेरै किसानलाई समस्या रहेको उनी बताउँछन् ।

Tags: #भोजपुरबसाइँसराइ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा
समाचार

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा इटहरीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। नेकपा एमालेका पूर्व नेता तथा...

धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

असार १०, २०८३
४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३
धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    373 shares
    Share 149 Tweet 93
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.