भोजपुर : सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा यहाँको भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै गोठ जलेर नष्ट भएको छ ।
पारपानी टङ्टङ्केडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्ती पसेको हो ।
आगलागीबाट पारपानीका स्थानीय शम्भु चापागाईँको पाली, सोभित श्रेष्ठको घर पाली (गोठ), गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रुद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईँको पाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाले जानकारी दिए ।
अत्यधिक हावाहुरीका कारण आगो निभाउन नसकेपछि बस्तीमा क्षति पुगेको तिमिल्सिनाले बताए ।
आगोलागीबाट ढुङ्गा माटोले बनेका घरमा क्षति पुगेको हो ।
आगो निभाउन स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल प्रयोग गरी प्रयास भइरहेको तर हालसम्म निभाउन नसकिएको प्रहरीले जनाएको छ ।
हावाहुरीसँगै आगलागी हुँदा रामप्रसाद राई गाउँपालिका–४ दलगाउँ केराबारीमा पाँच घरभन्दा बढी जलेर नष्ट भएको छ ।
सो वडाका वडाध्यक्ष बाबुकुमार राईले आगलागी पूर्णरुपमा निभाउन नसकिएकाले क्षतिको विवरण अझै बढन् सक्ने बताए ।













Discussion about this post