विराटनगर : झापा र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका-६ का २४ वर्षीय अबिन्द्र लिम्बुलाई १ ग्राम ४६० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित पक्राउ गरेको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले लागूऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा धनकुटा नगरपालिका-७ जिरोप्वाईन्ट स्थितबाट २१ वर्षीय रविन राई र १८ वर्षीय रोशन मल्लिक लाई प्रतिबन्धित औषधी ट्रामोल-२ सय ५ क्याप्सुल, स्पास्मो-१ सय २५ चक्की र डिकोलिक-५९ चक्किसहित नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post