इटहरी : इटहरीमा अज्ञात सवारी साधनको ठक्करबाट तरहराका एक पुरुषको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी–५ मा अज्ञात सवारी साधनको ठक्करबाट इटहरी २० तरहराका ३९ वर्षीय गणेश पुरीको मृत्यु भएको हो ।
आइतबार (आज) बिहान ३ः३५ बजेतिर साइकलमा सवार पुरीलाई अज्ञात सवारी साधनले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका पुरीलाई उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचारको क्रममा बिहान ४ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी महेन्द्र पेट्रोल पम्पमा सुरक्षा गार्डको रूपमा कार्यरत रहेका थिए ।
ड्युटीबाट फर्किने क्रममा अज्ञात सवारी साधनले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्नको पहिचानका लागि सीसी क्यामेराको फुटेज हेरेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
Discussion about this post