संखुवासभा : टेम्पो चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–९ का १८ वर्षीय हरि मग्राती रहेका छन् ।
पक्राउ परेका मग्रातीले गत भदौ ५ गते खाँदबारी नगरपालिका–८, विष्णेधारामा हिराधन राईले आफ्नै घर अगाडि पार्किङ गरेर राखेको को २ ह १५५० नम्बरको टेम्पो चोरी गरेको उजुरी परेको थियो ।
उनलाई जिल्ला अदालत संखुवासभाले गत मंसिर ९ गते तीन महिना नौ दिनको कैद सजाय सुनाएको थियो ।
फरार रहेका उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।














Discussion about this post