इटहरी : लागूऔषधसहित इटहरीका एक युवक पक्राउ परेका छन् ।
विराटनगर १५ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी ५ का ३४ वर्षीय कुमार दाहाल रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदलयात्री रहेका दाहालको साथबाट १ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर फेला पारेसँगै पक्राउ गरेको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post