मोरङ : मोरङमा ट्याक्टरको ठक्करबाट युवा संघका नगर सचिवको निधन भएको छ ।
जिल्लाको सुनवर्षी नगरपालिका–३ मा सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र १–०२–००३ त ०७५२ नम्बरको ट्याक्टरले प्र १–०४–००१ प ४०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो ।
दुर्घटनामा राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटीका सचिव भूपेन्द्र कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ ६ः३० बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालक सुनवर्षी–४ का २९ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post