इटहरी : सुनसरीको इनरुवामा गाई, गोरुको जस्तो खुट्टा काटेर फालिएको अवस्थामा भेटिएको छ ।
इनरुवा नगरपालिका–१ स्थित बाटोमा बुधबार बिहान गाई, गोरुकोजस्तो देखिने एउटा खुट्टा फेला परेको थियो । यद्यपि, खुट्टा गोरु वा गाई के को हो भनेर खुल्न बाँकी छ ।
प्रहरीले सो घटनाबारे पहिचान गर्न डीएसपीको नेतृत्वमा अनुसन्धान समिति बनाइएको छ ।
स्थानीयले बिहान १० बजेतिर बाटोमा चौपायाको खुट्टा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
कसैले गाई वा गोरु काटेर खुट्टा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार कतै फालेको खुट्टा कुकुरले ल्याएर छाडिदिएको पनि हुनसक्छ ।
यस घटनाको अनुसन्धानका लागि सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले खतिवडा नेतृत्वको अनुसन्धान समितिले अनुसन्धान सुरु थालिसकेको जानकारी दिए ।
चौपायाको खुट्टाजस्तो देखिने वस्तु परीक्षणका लागि पठाउने प्रहरीको तयारी छ ।
Discussion about this post