इटहरी : मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउनसुगर र गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना इटहरी निवासी हुन् ।
विराटनगर महानगरपालिका १६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोरङको सुन्दरहरैँचा ७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भीमकुमार तामाङको साथबाट ब्राउनसुगर ६ ग्राम ५ मिलिग्रामसहित पक्राउ गरेको हो ।
यसैगरी सोही स्थानबाट इटहरी २ का ३० वर्षीय पासाङ शेर्पा र २५ वर्षीय रवीन्द्र लिम्बूलाई प्रतिबन्धित औषधी (२ एम्पुलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीबाट खटिएको प्रहरी टोलिले हरिनगर ४ स्थितबाट बराहक्षेत्र ६ का २४ वर्षीय राजेश मुखियालाई २४ किलो गाँजासहित पक्राउ गरेको छ ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Discussion about this post