विराटनगर : नेकपा माओवादी केन्द्र विराटनगरले आगामी आइतबार (वैशाख ७) गते नगर सम्मेलन गर्ने भएको छ ।
सम्मेलनको उद्घाटनका लागि केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आउने भएका छन् ।
पार्टी विराटनगर महानगर समितिले विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले उद्घाटन गर्ने जानकारी दिएको हो ।
यहाँस्थित शुभ बैँक्वेटमा हुने सम्मेलनमा तीन ५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलले जानकारी दिए ।
सम्मेलनको बन्दसत्र वैशाख ८ गते हुनेछ । सम्मेलनले ९९ सदस्य महानगर समितिको चयन गर्नेछ ।
चयन भएका ९९ सदस्यबाट १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, १ जना सहसचिव, १ जना कोषाध्यक्ष र बाँकी सदस्य चयन गर्नेछ ।
Discussion about this post