इटहरी : संखुवासभाको धर्मदेवी नगरपालिका ४ स्थितबाट अफिमसहित तीन जना र विराटनगर १५ स्थितबाट ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका ४ का रामबहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका ६ का देवेन्द्र थपालाई अफिमजन्य पदार्थ बिक्री वितरण गरिरहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिमसहित पक्राउ गरेको हो ।
यसैगरी विराटनगर १५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैँचा नगरपालिका २ का ३१ वर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post