इटहरी : लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
कोशी गाउँपालिका वडा नं. १ भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ शंकास्पद रूपमा पैदल आउँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–४ निवासी २७ वर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षीय अनोज कुमार उँराव, भोक्राहा ३ का २५ वर्षीय रुपेश कुमार यादव, इटहरी उपमहानगरपालिका–१७ का २० वर्षीय मो. समीर खान र सोही ठाउँका २० वर्षीय राजेश पुरी रहेका छन्।
सुनसरी प्रहरीका अनुसार पक्राउ परेका बास्तोलाको साथबाट १.८४ ग्राम ब्राउनसुगर, उँरावको साथबाट १.२० ग्राम ब्राउनसुगर, खानको साथबाट ५.११ ग्राम ब्राउनसुगर, यादवको साथबाट १.५१ ग्राम ब्राउनसुगर बरामद गरिएको हो ।
पक्राउ परेका पाँचै जनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय सुनसरीमा लागूऔषध प्रयोकर्तालाई प्रहरीले हरेक दिनजसो नियन्त्रणमा लिने गरेको छ ।













Discussion about this post