Saturday, October 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीको चुरे फेदीमा नाच्दै–गाउँदै माओवादी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८२
in समाचार
0
कोशीको चुरे फेदीमा नाच्दै–गाउँदै माओवादी
105
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक नौ दिने अभियान सुरु गरेको छ ।

माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बुधबार उदयपुरको कटारी बजारबाट ‘चुरे तराई जनसाङ्गितिक अभियान’ सुरू भएको हो । अभियानको माओवादी उपमहासचिव तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरे ।

अभियान अन्तर्गत बिहीबार उदयपुरको गाइघाट बजारमा कार्यक्रम गरिएको माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले बताए ।

यस्तै, वैशाख १२ गते उदयपुरको बेल्टार, वैशाख १३ गते सुनसरीको धरान, वैशाख १४ गते मोरङको केराबारी बजार, वैशाख १५ गते मोरङको मधुमल्ला बजार मिक्लाजुङ, वैशाख १६ गते इलामको चुलाचुली, वैशाख १७ गते झापाको बुद्धशान्तिमा र वैशाख १८ गते झापाको बाहुनडाँगीमा गएर टुंगिने उनले बताए ।

अभियानका क्रममा जनसांस्कृतिक महासंघ कोशी प्रदेशका कलाकारहरूले पार्टीको पक्षमा निर्माण गरिएका नाटक, गीत तथा सामूहिक नृत्य र कविताहरू सुनाउने गरेका छन् ।

प्रदेश समितिको आयोजनामा गरिएको कार्यक्रमलाई स्थानीय पार्टीले व्यवस्थापन गरिरहेको नेम्वाङ्ले बताए ।

सांस्कृतिक अभियानमा कलाकारको तर्फबाट भने फ्याक्सन इन्चार्ज राकेश किराँती, अनुशा राईलगायतले नेतृत्व गरेका छन् ।

कार्यक्रममा १–२ जना मात्रै वक्ता राखिएको र पाँच वटासम्म गीत, नृत्य तथा अबको बाटो शीर्षकमा नाटक प्रस्तुति हुने नेम्वाङले बताए ।
उद्घाटन समारोह उत्साहजन रहेको र गर्मीको बीचमा पनि स्थानीयहरू स्वतःस्फूर्त आएको नेम्वाङ्को दाबी छ ।

‘हामीले गाडीबाट मानिस ओसार्ने भनिएको छैन । कार्यक्रम राख्ने भनेर प्रचार गरिएको छ । मानिसहरू स्वतःस्फूर्त आएका छन् । कार्यक्रम उत्साहजनक भएको छ,’ उनले भने ।

माओवादीले यसअघि तराई मधेश हुलाकी राजमार्ग लक्षित कार्यक्रम सञ्चालन गरेको थियो ।

Tags: कोसी प्रदेशमाओवादीमाओवादी केन्द्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती
विविध

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच...

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३
उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.