धरान : धरानमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ८ तीनकुनेस्थित शनि मन्दिरनजिक इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०६७६ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार तत्काल नाम, थर, वतन नखुलेको पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
तत्काल गम्भीर घाइते बनेका अन्दाजी २५ वर्षीय ती युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र चालक भोजपुर हतुवागाडी गाउँपालिका–५ सुनाखरी टोल बस्ने २६ वर्षीय मोहनप्रसाद राईलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
Discussion about this post