विराटनगर : विराटनगरमा गुडिरहेको टिपरमा अचानक आगलागी भएको छ ।
विराटनगर महानगरपालिका–१९ मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा आज (सोमबार) दिउँसो २ः३० बजेतिर अचानक आगलागी भएको हो ।
विराटचोकबाट बालुवा लिएर सुनसरीको बर्जुतर्फ जाँदै गरेको टिपरमा आगलागी भएको हो ।
उक्त टिपर इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए । टिपरमा लागेको आगो दमकलको सहायतामा निभाइएको छ ।
आगोले टिपरको अगाडिको भाग क्षति पुगेको छ । घटनामा मानवीय क्षति नभएको र के कारणले आगलागी भएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post