विराटनगर : विराटनगर महानगरपालिका १३ स्थितबाट नक्लली नोटसहित एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार अररियाका १९ वर्षीय सिम्पी बैसन्ती रहेकी छन् ।
विराटनगर १३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा बैसन्तीले भारतीय पाँच सय रुपैयाँको नोट पसलेलाई दिएकी थिइन् ।
उक्त नोट नक्कली रहेको शंका लागेर पसल धनीले प्रहरीलाई खबर गरेका थिए ।
तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनको साथबाट पाँच सय दरको सात वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ तीन हजार एक सयसहित नियन्त्रणमा लिएको हो ।
नक्कली नोटसहित पक्राउ परेकी उनको सम्बन्धमा आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post