विराटनगर : मोरङ र सुनसरीको दुई छुट्टा छुट्टै स्थानहरूबाट शुक्रवार (आज) लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङको सुन्दरहरैँचा नगरपालिका ८ का २९ वर्षीय विकेश भट्टराईलाई विराटनगर महानगरपालिका १५ स्थितबाट १ ग्राम ६४ मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सप्तरीको कञ्चनरुप नगरपालिका ८ का २७ वर्षीय सर्वन राम र कञ्चनरुप ९ का १९ वर्षीय प्रदीप कुमार यादवलाई ८०० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो ।
लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post