इटहरी : संखुवासभामा ससुराको हत्यामा बुहारीका संलग्नता रहेको पाइएको छ । हत्याका लागि नाबालककोसमेत प्रयोग भएको प्रहरीको अनुसन्धाबाट खुलेको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको आफ्नै घरको बरन्डामा सुतिरहेका बेला घाँटी थिचेर हत्या गरिएको खुलेको हो ।
संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतकाअनुसार मीनबहादुरको हत्यामा आफ्नै बुहारी ४५ वर्षीया बुहारीले दुई नाबालकलाई प्रयोग गरेर हत्या गरिएको र हत्या योजनामा १२ वर्षीया नातिनीसमेत संलग्न रहेको खुलेको छ ।
खासगरी बुहारीले २० हजार रुपैयाँ दिने प्रलोभनमा दुई नाबालकलाई प्रयोग गरी ससुराको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती किशोर मजदुरी गर्दै आएका थिए ।
मदिरा सेवनपछि नसामा रहेको समयमा योजनाबद्ध रूपमा ससुराको बस्ने कोठा देखाइदिएर हत्या गरिएको डीएसपी बस्नेतले जानकारी दिए ।
वैशाख १३ गते राति, बुहारीले दुई किशोरलाई घरमा बोलाइन्। त्यस रात बुहारी, नातिनी र ती किशोरहरूले सँगै जाँड सेवन गरे। जाँडको नसा लागेको बेला बुहारी र नातिनीले ससुरा सुत्ने स्थान देखाइदिएपछि किशोरहरूले घाँटी थिचेर हत्या गरेका थिए। त्यसपछि चारै जना बुहारीकै घरमा गएर सुतेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न आरोपमा बुहारी, नातिनी र दुई किशोरलाई पक्राउ गरेको छ। बालबालिकाको गोपनीयता संरक्षणका कारण प्रहरीले बुहारीलाई सार्वजनिक गरेको हो। अभियुक्तहरूमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता गरिएको छ ।
हत्यापछि चारै जना बुहारीकै घरमा गएर सुतेको पाइएको प्रहरीको भनाइ छ । घटना भएको एक सातापछि अभियुक्तलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।
‘ससुराको हत्या गर्ने योजना बनाएर वैशाख १३ गते राति दुई जनालाई बुहारीले आफ्नो घरमा बोलाएको पाइयो । त्यसपछि चारै जना (बुहारी, नातिनी र २ किशोर)ले मदिरा (जाँड) सेवन गरेछन्,’ बस्नेतले भने, ‘जाँडको नसा लागेपछि बुहारी र नातिनीले दुई जनालाई ससुरा बस्ने घर देखाइदिएछन् । बुहारी र नातिनी फर्किएर गएपछि दुई जनाले घाँटी थिचेर हत्या गरेको पत्ता लागेको छ ।’
पारिवारिक तनावका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।














Discussion about this post